logo

करोडौ कुम्ल्याएर भाग्ने तयारीमा हिमालय टिभीका संचालक अग्रवाल

lalit

 काठमाडौं । कर्मचारी तथा पत्रकारहरुलाई काम गरे बापतको पैसा नतिरी हिमालय टिभीका संचालक बाबुछोरा भाग्न खोजेपछि तनाव उत्पन्न भएको छ । हिमालयमा कार्यरत करिब ४० कर्मचारी तथा पत्रकारले पाउनु पर्ने १ करोड ९२ लाख रुपैयाँ सो टेलिभिजनमा अध्यक्ष ललित अग्रवाल र उनका छोरा प्रबन्ध निर्देशक च्याङ अग्रवाल बाहिरिन खोजेपछि तनाव भएको हो ।

 स्रोतका अनुसार अनलाइनखबर डट कमका सञ्चालक धर्मराज भुषालको समूहले टेलिभिजन २२ करोड रुपैयाँमा खरिद गरेको छ ।  हिमालय टेलिभिजनको ब्रान्डले २२ करोड पाउनमो वर्षौंदेखि त्यहाँ कार्यरत पत्रकार र कर्मचारीको पनि महत्वपूर्ण योगदान छ ।

 किनकी टेलिभिजनसँग भएका सबैजसो प्रविधि अब काम लाग्दैनन् । टेलिभिजन एचडी प्रविधिमा जाने भइसकेको छ । २२ करोडको खरिद बिक्रीमा मध्येबानेश्वरमा रहेको टेलिजिभनले प्रयोग गरिरहेको दुई घर र २४ आना जमिन समावेश गरिएको छैन ।एचडी प्रविधिमा नयाँ टेलिभिजन खोल्न ५ करोड भए पर्याप्त हुन्छ ।

 तर भुषाल समूहले २२ करोड तिर्नुको एक मात्रै कारण भनेको टेलिभिजनकोे मासिक ६० देखि ८० लाखसम्म आम्दानी । यो आम्दानी गराउने श्रेय मालिकलाई मात्रै जाँदैन । त्यहाँका कर्मचारी र पत्रकारको पनि योगदान छ । कर्मचारी र पत्रकारसमेतको प्रयासमा तयार भएको ब्रान्ड बेचेर बाबुछोरा हिँडन थालेपछि टेलिभिजनमा आन्दोलनको वातावरण सिर्जना भइसकेको छ । पत्रकार तथा कर्मचारीले आइतबार सामूहिक छलफल गरेका छन् । छलफलपछि प्रबन्ध निर्देशक च्याङ अग्रवालसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन भएको छ ।

 समितिमा हिमालय टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष वाइपी घिमिरे, प्रोडक्सन विभागका राजु भण्डारी र एमसिआरका रामहरि घिमिरे छन् । उनीहरुले आइतबार नै अग्रवालसँग पहिलो चरणको वार्ता पनि गरेका छन् । वार्तामा च्याङले तीनजनामाथि नै गालीगलौज गरेपछि वार्ता भाँडिएको खबर छ । अग्रवाल बाबु छोराले बालुवाटारको जमिन र नेपाल वायु सेवा निगमका सुगतरत्न कंसाकारसँग बार्गेनिङ गरेका थिए । तर त्यो सफल हुन सकेन ।

 अहिले पत्रकार र कर्मचारीले पाउनु पर्ने करिब २ करोड कुम्ल्याएर बाबुछोरा दुवई भाग्ने वा दुवई केन्द्रीत व्यापार गर्ने मुडमा रहेको हिमालय टेलिभिजन स्रोतले जानकारी दिएको छ । यता टेलिभिजनका पत्रकार र कर्मचारीहरु भने आन्दोलनको मुडमा पुगिसकेका छन् । हिमालयका धेरैजसो पत्रकारले अग्रवाल बाबुछोराको आनीबानी बुझ्न गल्ति गरिसकेका छन् ।

 

Comments

Top