निःशुल्क स्वास्थ्य शिविर गर्दै एनआरएन कतार

nrn Quatar

  काठमाडौं । गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले एक दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । संस्थाको सुरक्षा तथा जनचेतना अभिवृद्धि समितिको सक्रियतामा दोहाको अद्यौगिक क्षेत्र सनैयामा रहेको कान्तिपुर मेडिकल सेन्टरसँगको सहकार्यमा जुलाई २७ तारिकका दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।

स्वास्थ्य शिविरमा कतारमा रहेका नेपाली संघ संस्थाहरु र कतारमा कार्यरत नेपालीहरुलाई उपस्थिति भैइ शिविरबाट लाभ लिनको लागि परिषद् कतारले अनुरोध गरेको छ । शिविरमा ब्लड प्रेसर, मधुमेह, बीएमआइ, दातलगायतको जाँच गर्नुको साथै विशेषज्ञ द्वारा अन्य स्वास्थ्य जाँच गरिने परिषद् कतारका प्रवक्ता अशोक तामाङ्ले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित