काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा आकर्शक तलब देखाई प्रतिव्यक्ति ३ लाख ५० हजार देखि ६ लाखसम्मका दरले अठासी लाख उनान्चालिस हजार रकम ठगी गरेको आरोपमा झापा घर भई गोंगबु नयाँ बसपार्क बस्ने सुमन बस्नेत पक्राउ परेका छन् ।
बस्नेतले पासपोर्ट समेत लिई काठमाण्डौबाट बैंकक हुदै कम्बोडिया सम्म पुर्याई अलपत्र पारी ठगी गरेको भन्दै पाँचथरका कुलबहादुर तामाङ लगायतका १९ जना व्यक्तिहरुले अपराध महाशाखामा उजुरी दिएका थिए । महाशाखाबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई काठमाण्डौं माछापोखरीबाट पक्राउ गरि थप अनुसन्धान एवं कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।
Comments