काठमाडौं । महानगरिय अपराध महाशाखाले गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई पक्राउ गरेको छ । कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अनसन बसेपछि नुरप्रसाद वेपत्ता भएका थिए । नन्दप्रसादको निधन पछि नुरप्रसाद आमाको सम्पर्कमा थिएनन् ।
गंगामायाकै आग्रहमा प्रहरीले उनको खोजी गरेको हो । अनसन तोड्ने क्रममा गंगामायाले छोराको खोजी गरिदिन भन्दै राज्यका सम्बन्धित निकायहरुलाई आग्रह गरेकी थिइन ।
महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार सानेपाबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले वताए । नुरप्रसादलाई प्रक्रिया पुरा गरेर वीर स्पतालमा रहेको आमा गंगामायालाई जिम्मा लगाउने पनि सिंहले वताए ।
Comments