बालाजु बृत्तमा आईजीपीको आकस्मिक निरीक्षण

igpbalaju

 काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आइतवार महानगरीय प्रहरी बृत्त बालाजुको आकस्मिक निरीक्षण गरेका छन् । 

 सो क्रममा आईजीपी खनालले बालाजु बृत्तबाट भएका कामकारवाहीको बारेमा जानकारी लिएका छन् ।

 आईजीपी खनालले सर्वसाधारण नागरिकको शान्ति सुरक्षाका लागि कुनै कसुर बाँकी नराख्न बालाजु बृत्तका प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । यसअघी आईजीपी खनालले लैनचौर बृत्त, महानगरीय प्रहरी परिसर काठमाडाैं र अपराध महाशाखामा आकस्मिक निरीक्षण गरेका थिए  ।

Comments

Top