विष मिसिएकाे पानी खाँदा श्रीमाविका २६ जना  विद्यार्थी बिरामी, चारकाे अवस्था गम्भीर

bishadi

  विराटनगर । मोरङको लेटाङ–९ जाँते स्थित श्री माध्यामिक विद्यालयको पानी ट्यांकीमा विष मिसिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उक्त पानी पिउँदा विद्यालयका २६ जना विद्यार्थी बिरामी परेका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर बिरामी भएका ४ जना विद्यार्थीको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य विद्यार्थीको उर्लाबारी स्थित मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोज केसीका अनुसार विद्यालयको ट्यांकीमा विष हालेको विषयमा प्रहरीले अनुसन्धान थालेको छ। अनुसन्धानका क्रममा खानेपानीको ट्यांकीमा साइपेरिन १० नामक किटनाशक औषधि फेला परेको छ।

Comments

Top