भारतको ७२ औँ स्वतन्त्रता दिवस : नेपाललाई एम्बुलेन्स र बसहरु हस्तान्तरण

indianembassy

 काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई एम्बुलेन्स र बसहरु हस्तान्तरण गरेको  छ । भारतको ७२ औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालका बिभिन्न संघ, संस्थाहरुलाई एम्बुलेन्स तथा बसहरु हस्तान्तरण गरेका हुन् । 

 राजदूत  पुरीले भारतको राष्ट्रिय ध्वजा फहराएर कायक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा भारतीय साँस्कृतिक केन्द्र, केन्द्रीय विद्यालय र मोर्डन इन्डियन स्कूलका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा भारतीय सेनामा गइ वीरगति प्राप्त गरेका तथा अपाङ्गता भएका नेपालका परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल पनि वितरण गरिएको थियो ।

Comments

Top