काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक(एसएसपी)हरुको सरुवाको भएकाे छ । गृह मन्त्रालयकाे सिफारिसमा प्रहरी प्रधान कार्यालयकाे महानगरीय प्रहरी परिसर काठमाडौँमा एसएसपी विश्वराज पोखरेलको ठाउँमा एसएसपी बसन्त लामाको सरुवा गरेकाे हाे । पोखरेलको ६ महिनामा सरुवा हुन लागेको हो । बालक निशान खड्का अपहरण र हत्या कान्डमा पोखरेल बिबादमा तानिएका थिए ।
एसएसपी लामा मोरङमा भएको सनम शाक्य र सुन तस्करी घटनाबारे छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीका सदस्य समेत थिए।
ललितपुर प्रहरी प्रमुखमा गणेश ऐरको ठाउँमा रवीन्द्र धानुकलाई सरुवाको चर्चा छ । धानुक पहिला दुई महिना काठमाडौं बसेर ४ नम्बर प्रदेशमा सरुवा भएका थिए । प्रहरी प्रधान कार्यालयले अन्य एसएसपीहरूकाे पनि सरूवा गरेकाे छ ।
Comments