काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा संदेह जनाउनेमाथि गोली प्रहार भएको घटनाको भत्सर्ना गरेका छन्। उनले ट्वीट गर्दै भनेका छन्–‘निर्मला बलात्कार–हत्याको अनुसन्धानमा सन्देह जनाउने जनतामाथि गोली बर्साउने कार्यको म भत्सर्ना गर्दछु । निर्मलाको परिवारलाई सुरक्षा दिन, नयाँ शिराबाट विश्वसनीय अनुसन्धान सुरु गर्न र तत्काल हाम्रा छोरीचेलीको सुरक्षा गर्ने कदम चाल्न सरकारसँग माग गर्दछु ।’
हरेकदिन जसो बलात्कारका घटना भइरहेको भन्दै देउवाले फास्ट ट्र्याक कोर्ट गठन जरुरी भएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कञ्चनपुर घटनाको तत्काल छानविन गर्न माग गर्दै आजको गोली प्रहारबाट मृत्यु भएका बालकका परिवारप्रति सहानुभूति प्रकट गरेका छन्।
Comments