पुष्कल शर्माको मार्मिक कोशेली ‘आँशु आखाँमा’ (भिडियो सहित)

aanshu aankhama

 काठमाडौं । चर्चित गायक पुष्कल शर्मा र गायिका इन्द्रा सुनारको आवाजमा इन्द्रा सुनारको लोकदोहोरी ‘आँशु आँखामा’ बोलको गीतमा रहेको गीत युटुव मार्फत सार्वजनिक भएको छ । दुःखद् पल, पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ ।

विभिन्न बाध्यताले आफ्नी प्रेमीकाबाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त गरिएको छ । आफ्नी प्रेमीकाले धोका दिंदा हुने पिडालाई गीतमा समेटिएको छ । राजिव सिंह जिसीको शब्द तथा सञ्जय श्रीपालीको मौलिक लय सिर्जना रहेको गित रक स्टार म्युजिक प्रालीको प्रस्तुतिमा बजारमा आएको हो ।

काजिश श्रेष्ठको निर्देशन, हरिश महराको छायाँकन, दिपक विष्टको सम्पादन रहेको भिडियोमा सारिका केसी र राजिब सिंह जिसीको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित