काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज कतार भ्रमणमा जाँदैछन् । कतारको प्रहरी एकेडेमीको निमन्त्रणामा उनी जान लागेका हुन् ।
कतारले तालिमको क्षेत्रमा नेपाल प्रहरीलाई सहयोग गर्ने बताएको छ ।त्यसबारेमा सम्झौता हुने वताइएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीसँगै आईजीपी खनाल कतार जान लागेका हुन् ।
Comments