काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि एक सय वटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरको छ। मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप एक सय वटा नयाँ गन्तव्य छनोट गरेको हो।
नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढीको आवेदन परेकोमध्ये प्रदेश र स्थानीय सरकारले दिएको सुझाव र मन्त्रालयले गरेको अध्ययनको आधारमा नयाँ गन्तव्य छनोट गरिएको मन्त्रालयले जनाएको छ । नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले ५ आधार तय गर्दै भदौमा सूचना प्रकाशन गरेको थियो।
सरकारले बजेटमार्फत नै नयाँ सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। सय पर्यटकीय गन्तव्य छनोट गर्दा सय वर्ष पुराना पुरातात्विक सम्पदालाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ । त्यसैगरी, गन्तव्य छनोटमा ५ वर्ग किलोमिटर वा सोभन्दा बढी क्षेत्रफलमा फैलिएका तालतलैया वा पोखरी भएको ठाउँलाई समेत आधार मानिएको छ।
Comments