लुम्बिनी र जिआइसी नेपालबीच बैंङ्कासुरेन्स सम्झौता

lumbani

   काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसी) बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । कार्तिक १९ गते सोमबार आयोजित एक कार्यक्रममा इन्स्योरेन्स कम्पनी तथा बिकास बैंकबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा र इन्स्योरेन्सका महाप्रबन्धक एस.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैकका ग्राहकले इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा÷सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।

Comments

Top