हनुमन्ते सफाई अभियानमा बिद्यालयहरुको भूमिका बारेमा अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न 

 

Meeting with School
भक्तपुर । आर्दश माध्यामीक बिद्यालय सानो ठिमी स्रोत केन्द्रको संयोजनमा बुधबार हनुमन्ते सफाई अभियानमा स्थानीय निजी एवम् सरकारी बिद्यालयको भूमिकाका बारेमा अन्तक्र्रियात्मक  कार्यक्रम सम्पन्न भएको छ । हनुमन्ते नदि सफाई अभियानका प्रमुख सल्लाहाकार, युवा नेता एवम् माननीय महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हनुमन्ते सफाई अभियान परम्पराको परिवर्तनको अभियान भएको बताए । नेता बस्नेतले भने–‘परम्पराले जस्तो निर्देशित गर्छ, बाल मनोविज्ञानले त्यसैलाई मात्रै आत्मसाथ गर्दछ ।’
अभियानका सह–संयोजक एवम् मध्यपुर नगरपालिकाका उप प्रमुख अञ्जना मधिकर्मीले एस अभियानलाई सफल बनाउनका लागि बिद्यालय स्तरबाट बिद्यार्थीहरुलाई फोहर ब्यबस्थापनको लागि जनचेतना दिंदै ब्यबहारिक रुपमा उनीहरुलाई अभियानसँग जोड्दै जानु पर्ने धारण राखेकी थिईन् । त्यस्तै अभियानका उत्प्रेरक रुद्र पौडेलले २०७४ माघ १० गते साठो ठिमीस्थित आदर्श माध्यामिक विद्यालयबाट शुरु गरिएको यस अभियानको १० महिना पश्चात अभियान शुरु भइसकेको र समिक्षा गर्ने चरणमा आफुहरु आईपुगेको बताए । कार्यक्रममा उनले हनुमन्ते नदि सफाई अभियानको शुरुवाती दिनमा संयोजकका रुपमा लाग्नुभएका निर्मला थापा एवम् तदर्थ समितिका सदस्यहरुप्रति कृतज्ञ रहेको बताए । २०७४ माघ १९ गते ग्लोवल पाठशालामा मध्यपुर नगरपालिकाका उप–प्रमुख मधिकर्मीको उपस्थितिमा उहाँकै संयोजकत्वमा बिस्तारित कमिटी गठन भएको जानकारी गराए ।
सोही बैठकबाट भएको निर्णय अनुसार नै भक्तपुर जिल्लामा रहेका चारैवटा नगरपालिका समाबेस गरेर अघि बढ्ने योजना बनाएर २०७४ फागुन ११ गते चाणक्य कलेजमा सांसद महेश बस्नेतको उपस्थितिमा तेस्रो पुनर्गठित कार्यसमितीले सुर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेब थापाको संयोजकत्वमा चारवटै नगरपालिको प्रतिनिधित्व रहने गरि ३५ सदस्यको कार्यसमिति गठन गरेको थियो ।

Meeting with school1
सोही कार्य समितिले २०७४ फागुन १९ गते हनुमन्ते सफाई अभियान बिधिबत रुपमा शुरुवात गरेको थियो । तत्कालिन जनसंख्या तथा बाताबरण मन्त्री लालबाबु पण्डीतको उपस्थितिमा शुरु गरिएको हनुमन्ते सफाइ अभियान अहिले ३८औं हप्तामा प्रबेश गरिसकेको छ । कार्यक्रममा बोल्दै उत्प्रेरक पौडेलले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सञ्चालित ९५ वटा सफाई अभियानमध्ये हनुमन्ते सफाई अभियान सबैभन्दा उत्कृष्ट भएकोमा भक्तपुरबासीले गौरवान्वीत गरेको बताए ।
अभियानलाई अझ परिणाममुखि बनाउनका लागि निजी तथा सरकारी बिद्यालको भूमिका महत्वपूर्ण रहने बताउँदै उनले भक्तपुर जिल्लामा कार्यरत बिद्यालयहरुले गरेको प्रत्यक्ष र अप्रत्यक्ष सहयोगप्रति हार्दिकता प्रकट गरेका थिए । निजी तथा सरकारी विद्यालयहरुलाई ब्यबहारिक समन्वयकारी भूमिकाको लागि अनुरोध गर्दै उनले ३० औं हप्तामा आईपुग्दा समिक्षात्मक बुलटिन प्रकाशन गरेको र त्यसमा जम्मा ३२ बिद्यालयहरु रहेको जानकारी गराए । उनले छुटेका अन्य बिद्यालयहरुलाई ५० औं हप्तामा प्रकाशन गरिने बुलेटिमा समावेश गरिने बताए । उक्त बुलेटिन पूर्ण आर्थिक प्रतिबेदन सहितको हुने पनि उनले जानकारी गराए । अभियानको ३७ औं हप्तामा आईपुग्दा एक चरणको अभियान सम्पन्न भएको र अब नयाँ कार्यबिधि अनुसार अभियान सञ्चालन हुने पनि उनले बताए ।
अन्तक्र्रिया कार्यक्रमकी संयोजक, स्रोत ब्यक्ति एवम् कार्यक्रम सञ्चालिका राज्य श्रेष्ठद्धारा सञ्चालित कार्यक्रममा बिभिन्न बिद्यालयहरुका प्रतिनिधिहरुले अभियानलाई सफल बनाउका लागि सल्लाह र सुझावहरु दिएका थिए । कार्यक्रममा अभियानका मुख्य अभियन्ता नरेश श्रेष्ठ, रमेश श्रेष्ठ, कैलाश सिलवाल, गोबिन्दप्रसाद आचार्य, अभियानका मिडिया संयोजक सुन्दर बिष्टलगायत ४२ वटा संथागन बिद्यालयका प्रतिनिधिहरुको उपस्थिती रहको थियो ।

Comments

Top