बाल मनोविज्ञान परिवर्तन गराउन सक्नु नै मुख्य उद्देश्य : सांसद बस्नेत

Mahesh Basnet-Sanothimi
   काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता तथा सांसद महेश बस्नेतले हनुमन्ते सफाई अभियान परम्पराको परिवर्तनको अभियान भएको बताएका छन् । नेता बस्नेतले भने–परम्पराले जस्तो निर्देशित गर्छ, बाल मनोविज्ञानले त्यसैलाई मात्रै आत्मसाथ गर्दछ । जस्तैः महिलाहरुले विहे गरेपछि अर्काको घरमाजाने कुरालाई स्वीकारी सकेका छन् ।

जुन परम्पराले निर्देशित गरेको विषय हो ।’ आदर्श माध्यामिक विद्यालय सानो ठिमी स्रोत केन्द्रको संयोजकत्वमा हनुमन्ते नदि सफाई अभियानका लागि निजी तथा सरकारी विद्यालयहरुले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा गरिएको अन्तत्र्रिmयात्मक कार्यक्रममा बोल्दै सांसद बस्नेतले सफाई अभियानमा विद्यालयको झन महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा उनले भने–अझै पनि महिलाहरुले बच्चादेखि महिला भएकै कारण म तुलनात्मक रुपमा पुरुष भन्दा कमजोर छु भन्ने मनोबृत्तिलाई स्वीकारेको जस्तो देखिन्छ । हामीले जे कुरालाई फोहोर ठानिरहेका छैनौं, बास्तवमा त्यो नै फोहोर रहेछ ।’

अहिलेको अवस्थामा घर वरपर देखिने फोहोर सामान्य रहेछन् भन्ने कुरामा हामी अभ्यस्त भइसकेका छौं । उनले भने– घर, बाटो, मठ मन्दिरलगायतका क्षेत्रमा देखिने फोहोरका डंगुरले हामीलाई कुनै पनि असर नै गरेको छैन । हामीलाई त त्यसले असर गरेको छैन भने हाम्रा छोरा-नातीलाई त्यसले कसरी प्रभाव पार्छ ? त्यसैले नदि, सडक र बस्ती मात्रै सफाई गरेर सफाई अभियानले सपूर्णता पाउँदैन । हामी सबैले आ– आप्mनो मन-मस्तिष्क सफाई गर्नुपर्छ । जतिबेला हाम्रो मस्तिस्कमा घर अगाडि फोहोर फाल्नु हुँदैन, खोलामा लगेर फोहोर हाल्नु हुँदैन भन्ने पर्छ त्यतिबेला मात्र हाम्रो सफाई अभियानले सार्थकता पाउँछ ।’

विद्यार्थीहरुलाई हनुमन्ते सफाइ अभियानमा संलग्न गराएर नदीलाई सफाई गर्ने भन्दा पनि बाल मनोविज्ञान परिवर्तन गराउन सक्नु नै हाम्रो मुख्य उद्देश्य हो । विद्यार्थीहरुलाई फोहोर गर्नु हुँदो रहेनछ भन्ने संस्कार सिकाउन सकियो भने फोहोर आफै कम हुने पनि बस्नेतले बताए । बस्नेतले दाविका साथ भने– विद्यार्थीहरुले नदिमा आएर फोहोर संकलन गरे भने पक्कै पनि ति विद्यार्थीहरुले नदिमा फोहोर पनि फाल्दैनन र घरको फोहोर पनि सफा गर्छन् । हाम्रो अभियान भनेको जनचेतना जगाउने र अभ्यास गराउने नै हो । विद्यार्थीहरुलाई यो अभियानमा संलग्नता गराउनु भनेको उनीहरुको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नु पनि हो ।

कोटेश्वरको ट्राफिक जाम, भक्तपुरको बाढि नियन्त्रण र सम्पूर्ण भक्तपुर सफाइ अभियानमा हनुमन्ते नदी जोडिएको भन्दै सांसद बस्नेतले हनुमन्ते सफाई अभियान र करिडोर निर्माणलाई विशेष महत्वका साथ लिइएको बताए ।

पूर्व उद्योगमन्त्री समेत रहेका बस्नेतले भने– हनुमन्ते सफाई अभियानको ३८ औं हप्तासम्म आइपुग्दा हामीले मुख्यतय तीन भागमा विभाजन गरेर कामलाई निरन्तरता दिइरहेका छौं । पहिलो चरण अन्तर्गत मुख्य हनुमन्ते नदिमा पर्ने मुख्य चोकमा फोहोर व्वस्थापन, दोस्रो चरणमा ढल नियन्त्रण र तेस्रो चरणमा जिल्लाकै पूर्ण सफाई आयोजना सञ्चालन गरिन्छ ।’ ढल नियन्त्रणका लागि ७८ करोड बजेट विनियोजन भइसकेको र काम अगाडि बढिसकेको पनि उनले बताए ।

उनले सल्लाघारी र कर्मनासा खोलामा ढल प्रशोधन केन्द्र निर्माणको काम पनि अगाडि बढिसकेको हुँदा अभियान सम्पन्न हुनेमा आस्वस्त रहन आग्रह समेत गरेका छन् । हनुमन्ते सफाई अभियानको आर्थिक व्यवस्थापनको विषयमा कुरा गर्दै उनले भने–सुर्यविनायक नगरपालिाकाको केही आर्थिक सहयोग र अभियान्ताहरुबाटै संकलित आर्थिक एवम् भौतिक सहयोगबाट सञ्चालन भइरहेको छ ।’ सांसद बस्नेतले आफूले पनि मासिक पाँच हजार रुपैयाँ सहयोग गरिरहेको समेत जानकारी गराए ।

कोटेश्वरको ट्राफिक जामको तत्काल व्यवस्थापनका लागि पनि जडिबुटीपुलबाट बालकुमारीसम्म मनोहरा करिडोर निर्माण गरी मनोहरामा बेलीबृज निर्माण गर्ने काम पनि अगाडि बढिसकेको उनले बताए । त्यसैगरी जडिबुटी (टंकप्रसादको शालिक) हुँदै पेप्सिीकोलातर्फ जाने बाटोको स्तर उन्नतीको काम पनि भइरहेकाले केही समयभित्रै कोटेश्वरको जाम केही हदसम्म कम हुनेमा उनले जोड दिए ।

कार्यक्रममा उनले भक्तपुरको ट्राफिक जाम व्यवस्थापनका लागि कोटेश्वर–सुर्यविानायक सडकखण्डको सर्भिस लेनमा बनेका अनाधिकृत संरचनाहरु हटाएर मोटसाइकलका लागि लेन बनाउने कामको गृहकार्य भइरहेको पनि बताए ।

Comments

Top