ढोरपाटनमा आगलागी हुँदा ३० घर जले, क्षतीको विवरण आउन बाँकी

aaglagi

    बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा भिषण आगोलागी भएको छ । आगलागीका कारण ३० घर जलेका छन् । आगलागीबाट मानवीय क्षती भने नभएको अनुमान गरिएको छ । आइतबार बिहान २ बजेतिर लागेको आगो ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले बिहान ८ बजेमात्र निभाएको थियो । तर आगो कसरी लाग्यो भन्ने खुलेको छैन । क्षतिको विवरण भने आइसकेको छैन ।

ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीयबासी घुम्ती बसाइका लागि तल्लो वोबाङ र अन्य ठाउँमा सरेको बेला आगो लागेको हो । त्यसैले पनि मानविन क्षती नभएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घुम्ती बसाइँ सरेका स्थानीयबासीलाई आगो लागेको खबर पठाइएको र उनीहरु फर्किएपछि क्षतिको विवरण प्राप्त हुने स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घरहरु एकापसमा जोडिएका कारण क्षति भएका घरहरुको संख्या बढ्न सक्ने छ ।

Comments

Top