दाङ : दाङको बंगाचुली गाउँपालिकामा आगलागीमा परि एकै घरका ३ जनाको मृत्यु भएको छ। फुसले छाएको घरमा आगलागी हुँदा गुराँसे ८ निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
विहीबार राति ८ बजेतिर सोलारको ब्याट्रि पड्किएर घरमा आगलागी हुँदा पुनका ७ वर्षीय छोरा कृष्णकुमार पुन, ५ वर्षीया छोरी अस्मिता पुन र दुई वर्षीया छोरी अञ्जु पुनको मृत्यु भएको हो । पुनको एक बर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नबराज र उनकी श्रीमती झारफुक गराउन गाउँ गएको बेला ब्याट्रिपड्किएर आगलागी भएको प्रहरीले बताएको छ।
आगलागी पश्चात प्रहरी चौकी हाँसिपुर र स्थानीयको सक्रियतामा राति १२ बजे आगो नियन्त्रणमा लिइएको हो।
Comments