विकास समितिको निर्देशन अटेर गर्दै मन्त्री मगर

bina

   काठमाडौं । खानेपानी मन्त्री वीना मगरले प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले दिएको निर्देशनलाई अटेर गर्दै आइरहेकी छन् । १६ मंसिरमा बसेको समितिको बैठकले दिएको निर्देशनलाई मन्त्री मगरले अझै पनि कार्यान्वयन गरेकी छैनन् ।

समितिले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिद्वारा सञ्चालित खानेपानी तथा सरसफाई आयोजना (फन्डबोर्ड) विघटन गर्ने निर्णय फिर्ता गर्न मन्त्री मगरलाई निर्देशन दिएको थियो । सरकारले गत असारमा फण्डबोर्ड विघटन गरेको थियो ।

बोर्ड विघटन गर्ने सरकारको निर्णयसँगै देशभर निर्माण भइरहेका ७ सय ५० ग्रामीण खानेपानी तथा सरसफाई आयोजना अलपत्र अवस्थामा पुगेका छन् ।

फण्डबोर्डमा समुदायको ८.३३ प्रतिशत नेपाल सरकारको १०.६६ प्रतिशत र बाँकी ७१ प्रतिशत लगानी विश्व बैंकको रहेको छ । फण्डबोर्डले हालसम्म ३ हजार १ सय १८ वटा खानेपानी तथा सरसफाई आयोजनाहरु सम्पन्न गरी देशका ७५ जिल्लाका ग्रामीण भेगका २५ लाख ५३ हजार जनतालाई खानेपानी तथा सरसफाईसम्बन्धी सुविधा प्रदान गरिसकेको छ ।

Comments

Top