अधुरै रहने भयो मेलम्चीको पानी पिउने राजधानीबासीको सपना

melamchi

  काठमाडौं । ठेकेदारको लापरबाहीका कारण मेलम्चीको पानी पानी पिउने उपत्याबासीको सपनामा फेरि एकपटक तुषारापात भएको छ । इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छाडेको घोषणा गरेसँगै मेलम्ची झन अनिश्चित बनेको हो ।

सीएमसी वित्तीय संकटमा परेको भन्दै उसका प्रतिनिधिहरु मेलम्चीको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर सोमबार मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा पुगेका थिए । सरकारले उसको पत्र बुझ्न अस्वीकार गरेको भएपनि सीएमसीका कामदारहरु भने भाग्न खोजेका थिए । खानेपानी मन्त्रालयले पत्र नबुझ्न आयोजनालाई निर्देशन दिएको थियो ।तर, प्रहरीको भाग्न खोज्ने ८ जनालाई ठेकेदारलाई पक्राउ गरिसकेको छ ।

 

Comments

Top