कैलालीमा पातञ्जल योग समितिको जिल्ला शाखा विस्तार

Patanjal District
कैलाली ।
पातञ्जल योग समिति नेपालले कैलालीमा शाखा विस्तार गरेको छ ।  कैलालीमा जिल्ला भित्रका योग साधकहरुको भेलाबाट गिता गिरीको अध्यक्षता ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । समितिको उपाध्यक्ष,सचिव,कोषाध्यक्षमा क्रमशः कमला रावल,नयनतारा श्रेष्ठ,राजकुमार चौधरी र सदस्यहरुमा रमेश खनाल,कल्पना न्यौपाने,खडक थापा,विमला कुवर,बिन्दु बि । क लाई चयन गरिएको छ ।


सोहि भेलाबाट अनु विष्टको अध्यक्षता उपाध्यक्षमा टंक ढुंगाना,सचिवमा पुष्पराज देवकोटा, कोषाध्यक्षमा प्रमिला महत्व, सदस्यहरुमा चन्द्र बहादुर नेपाली,तुलाराम चौधरी,गिता पाण्डे, धन काफ्ले,सुनिता तिरुवा रहेको ९ सदस्यीय टिकापुर नगर समिति पनि सर्वसम्मत चयन गरिएको छ ।


भेलामा टिकापुर नगरपालिका वडा नं १ का अध्यक्ष गंगाराम आचार्यले पातञ्जल योग समितिले कैलाली जिल्ला भित्र पनि आफ्नो योग जागरण अभियान सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै नगरपालिकाले पातञ्जल योग समितिसँगको समन्वयमा तत्काल ५०० जना भन्दा बढी योगसाधकहरुले एकैपटक साधना गर्ने किसिमको एक सामुदायिक भवन बनाउन थालिने बताए ।

Patanjal district 1
कार्यक्रममा पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य एवं प्रदेश नं ५,६ र ७ का अध्यक्ष दिर्घराज गिरीले योगलाई शारीरिक,मानसिक र आध्यात्मिक शान्तीका लागि उपयोग गरिनु पर्नेमा जोड दिदै मातृभुमिको सुगन्ध बोकेर स्थापित भएको पातञ्जल योग समिति नेपालको योगजागरण अभियानलाई तदारुक्ताका साथ पश्चिम नेपालका प्रत्येक भुगोलमा पु¥याईने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरि पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्यद्धय दिपक प्रसाद नेपाल एवं योग प्रसाद आचार्यले योगको महत्वको विषयमा चर्चा गर्दै योगलाई नेपाल सरकारले विद्यालयस्तर बाटै पाठयक्रममा समावेश गरि सञ्चालन गर्नलागेको र यो कार्यक्रमलाई सञ्चालनमा ल्याउन विभिन्न योगिक संस्था र त्यसमा आवद्ध योग विज्ञहरुको महत्वपूर्ण भूमिकालाई हामी कसैले बिर्सन नहुने सन्र्दभलाई औल्याउनु भएको थियो ।


पातञ्जल योग समिति नेपालकै ब्यानरमा टिकापुर नगरपलिका स्थित गणेश बाबा ईङ्गलिस बोर्डिङ्ग स्कूलमा १ दिने निःशुल्क योग विज्ञान शिविर सञ्चालन गरिएको र सो बाट मmण्डै १ हजार छात्र/छात्राहरु प्रत्यक्ष लाभान्वित भएको महासचिव नबराज काफ्लेले जानाकारी गराए ।

 

प्रतिक्रिया

सम्बन्धित