बिग ब्यासमा सन्दीपको चौथो खेल, पारस पनि सन्दीपसँगै अभ्यास गर्दै

 

 

 paras_1 काठमाडौं । अष्ट्रेलियामा जारी बिग ब्यास क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछाने सहभागी मेलवर्न स्टार्सले आज मेलवर्न रेनगार्डससँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार मंगलबार दिउँसो २ बजे मेलवर्नमा हुनेछ। जारी सिजनमा नेपाली युवा बलर सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। यसैबीच नेपाली क्रिकेटका कप्तान पारस खड्का मेलवर्न स्टार्सको निम्तोमा अष्ट्रेलिया पुगेका छन्। खड्काले सन्दीपसँगै अभ्यास गरे। खड्काले अष्ट्रेलियामा रहेका नेपालीलाई मेलवर्नको खेल हेर्न आउन अपिल समेत गरेका छन्।

Comments

Top