आफ्नो नाम क्रिश्चियन धर्मसँग नजाेड्न नेता नेपालकाे आग्रह

madhav-k-nepal-3_IihzEJB7dV

    नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग नजोड्न आग्रह गरेका छन्।

उनले आफ्नाे नाम निश्चित धर्मसँग जाेड्ने प्रयास भइरहेको भन्दै आपत्ति समेत जनाए संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एशिया प्यासिफिक समिटमा नेता नेपाल सहभागी भएको भन्ने विषय कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रवेश गराएका थिए।

सोही सम्बन्धमा  वरिष्ठ नेता नेपालले नेपाललाई विश्वमा चिनाउन आफू सो समिटमा सहभागी भएको बताएकाहुन्। उनले समिटमा सहभागी भएको विषयलाई लिएर आफूमाथि गलत मनासाय राख्ने काम भइरहेको भन्दै आपत्ति पनि जनाए।

नेता नेपालले आफूले सबै धर्मलाई सम्मानका दृष्टिले हेर्ने गरेको पनि बताए। उनले एशिया प्यासिफिक समिटमा पहिलो पटक सहभागी हुने विपी कोइराला भएको जवाफ पनि कांग्रेस सांसद राजभण्डारीलाई दिए।

Comments

Top