सभामुख र प्रमुख प्रतिपक्ष दोहोरी: सभामुख पछि सर्ने कि कांग्रेस?

Bicc   

     काठमाडौं । सभामुख: यो प्रश्नोत्तरको समय हैन बोल्न अनुमती छैन् ।
प्रतिपक्ष: बोल्न पाउनुपर्छ
सभामुख: त्यसोभए मान्य मिनेन्द्र रिजाललाई मात्रै समय
प्रतिपक्ष: एक जना हैन सबै बोल्न पाउनुपर्छ
सभामुख: त्यसोभए बोल्न अनुमती छैन् । विधेयक पेश गर्न अर्थमसिति सभापतिलाई समय
कांग्रेस : रोष्टम घेराउ
सभामुख : बैठक स्थगित
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद बैठकमा सरकारले हालसम्म गरेका विषयमा प्रतिनिधिसभामा जानकारी गराएपछि प्रश्नोत्तर गर्न नपाएको भन्दै रोष्टम घेर्नसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछि परेन। स्वभावैले बैठक स्थगित भएपछि त्यसदिनको समस्या सकियो। अब भने यो विषय पेचिलो बनेको छ। जसको झलक बुधबारको संसद बैठकम देखिने छ।
बोल्न नपाएको आक्रोश बोकेका कांग्रेस सांसदहरूत सभामुखसँग रुष्ट हुने नै भए। सत्ता पक्ष सांसद पनि सभामुख महाराको कार्यशैली नमिलेको आरोप लगाएका छन्। सत्ता कतिपय सांसदको समेत साथ पाएको नेपाली कांग्रेस बुधबारको लागि बोलाइएको बैठक आफ्नो पक्षमा तयारी गरेको छ।
कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्नोत्तर गर्न नपाएसम्म बुधबारको बैठक पनि चल्न नदिने जनाएको छ। सभामुखले संसदको कार्यसञ्चालन नियमावली २१९ को १ बमोजिम प्रधानमन्त्रीलाई सार्वजनिक महत्त्वको विषयमा वक्तव्य वा जानकारी दिन अनुमति दिएकाले अब प्रश्नोत्तर गर्न पाउनुपर्ने अन्यथा बैठक संचालन गर्न नदिने निर्णय कांग्रेसले लिएको छ। ‘नियमावलीको २०१९को उपनियम १ प्रयोग गरेर प्रधानमन्त्रीलाई सरकारका कामको जानकारी गराउन अनुमति दिएपछि २१९ कै उपनियम २ बमोजिम हामीले प्रश्नोत्तर गर्न पाउनु पर्छ" कांग्रेस एक सांसदले भने।
तर सभामुखले त्यसदिनको प्रश्न गर्न अनुमति नदिएर अन्य कार्यतालीका समेत खारेज गरेर अघि बढेको अवस्थामा कसरी पछि हट्ने संकट देखिएको छ। कांग्रेस भने यही मुद्दालाइ पेचिलो बनाउन संसदमा रहेका अन्यदललाई पनि मलजल गरेको छ।
यस विषयमा सत्तापक्ष सांसदले पनि सभामुखबाट कमजोरी भएको देखाएका छन्। उनहरूले कांग्रेसले देखाएजस्तो बोल्न नदिएको कमजोरी भन्दा पनि अडानबाट पछि हटेकोमा सभामुखको कमजोरी देखेका छन्। " कि आफ्नो बोलीमा अडिग रहनु पर्थ्यो कि बोल्न दिनु पर्थ्यो" सत्तापक्ष एक सांसदले भने।
यो विषयलाई कसरी मिलाउने भन्ने विषयमा सभामुख महराले भने छलफल सुरु गरेका छन्। उनले बुधबार बैठक बस्नु अगावै प्रमुख प्रतिपक्षसँग परामर्श गरेर अघि बढ्ने जनाउ दिएका छन्।

Comments

Top