देशलाई समृद्धितर्फ लैजान निजी र सार्वजनिक क्षेत्रको साझेदारी आवश्यक : प्रचण्ड

prache

 चितवन । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समृद्धिको बाटो तर्फ डोहो-याउनका लागि निजी र सार्वजनिक क्षेत्रको साझेदारी आवश्यक रहेको बताएका छन् ।

 चितवनमा सार्वजनिक र निजी क्षेत्र मिलेर चितवन महोत्सवको आयोजना गरेको उल्लेख गर्दै प्रचण्डले यसले समृद्धिको यात्रामा अगाडि बढ्न मद्दत पुग्ने बताए । १२औँ चितवन महोत्सवको आज उद्घाटन गर्दै प्रचण्डले निजी र सार्वजनिक साझेदारीले देशलाई राम्रोसँग विकास र समृद्धितर्फ लैजान सकिने बताए ।

 भैंसालोटनदेखि देवघाटसम्म पानीजहाज आउन सम्भव रहेको उल्लेख गर्दै प्रचण्डले हामीले हेर्दाहेर्दै यहाँ पानी जहाज आउने बताए । उद्योग वाणिज्य संघ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको आयोजनामा सञ्चालन भएको चितवन महोत्सव माघ ४ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा हुनेछ ।

 पर्यटकीय क्षेत्रको प्रवद्र्धनलाई मुख्य उद्देश्य बनाइएको यस महोत्सवमा पर्यटन प्रवद्र्धनका लागि निजी चिडिया घर बनाएर त्यहाँ नेपालमा पाइने र विदेशमा पाइने २० वटा जनावरहरु राखिएका छन् । चितवन महोत्सव मेड इन नेपाल परिसर सहित विभिन्न कृषि र व्यवसायिक गरि पाँच सय ७० वटा स्टल रहेका छन् ।

Comments

Top