‘रअ’ ले कहा पुर्यायो पाकिस्तानी कर्णेललाई ?

raw

 काठमाडौं । २०७४ साल बैशाखमा लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर कहाँ छन् भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।

 भारतीय गुप्तचर संस्था ‘रअ’ को योजनामा बेपत्ता पारिएका भनिएका कर्णेल हबिब जागिरको लोभमा नेपाल प्रवेश गरेका थिए । त्यतिबेला हबिबलाई मार्क थमसन नामका व्यक्तिले बेलायतको फोन नम्बर ००४४७४५१२०३७२२ बाट फोन गरी अन्तर्वार्ताका लागि नेपाल बोलाएको खुलेको थियो ।

 पाकिस्तानले उक्त नम्बरको बारेमा अनुसन्धान गर्न पाकिस्तानी दूताबासले नेपाल प्रहरीलाई आग्रह गरेपछि प्रहरीको विशेष ब्यूरोले सो बारेमा अनुसन्धान समेत गरेको थियो । तर, अहिलेसम्म पनि हबिबको अवस्थाको बारेमा केही पत्ता लागेको छैन । पाकिस्तानले सुरुदेखि नै ‘रअ’ले जागिरको लोभमा पूर्व कर्णेललाई फसाएर अपहरण गरेको आरोप लगाउँदै आएपनि नेपालले भने यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन । यद्यपी नेपाल प्रहरीले भने हबिबको खोजी भइरहेको बताउँदै आएको छ । स्रो

 तका अनुसार पाकिस्तानी राजदूतले कर्णेल हबिबको बारेमा बुझिदिन नकेपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि प्रधानमन्त्री कार्यालयसम्म निरन्तर सम्पर्क गरिरहेका छन् । पाकिस्तानले अवकाश प्राप्त कर्णेललाई नेपालको विमानस्थलमा एक भारतीय नागरिकले रिसिभ गरेको फुटेज प्राप्त गरेको जानकारी नेपाल प्रहरीलाई दिए पनि त्यसको पुष्टि भने हुन नसकेको प्रहरी स्रोतले बतायो ।

 

प्रतिक्रिया

सम्बन्धित