रेडक्रस बालकोट उपशाखाको १९औं उपशाखा सभा सम्पन्न, चाँडै नै एम्बुलेन्स सेवा सुरु हुने

red cross

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाको १९औं उपशाखा सभा सम्पन्न भएको छ । शनिबार उपशाखा कार्यालयमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रदेश ३ का संयोजक कृष्ण गोपाल लगेजुले रेडक्रसका संस्थापक हेनरी ड्युनाको तस्वीरमा माल्यारपण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा उपशाखाका कोषाध्यक्ष जयराज पौडेलले आर्थिक वर्ष २०७४/०७५ सालको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव उमेश सिलवालले अघिल्लो आर्थिक वर्षको प्रगती र आगामी आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए । उपशाखाकी कार्यसमिति सदस्य विजया शर्मा कोइरालाको सञ्चालन गरेको कार्यक्रममा उपशाखाका निवर्तमान सभापति लवकुमार कार्कीले स्वागत मन्तव्य राखेका थिए ।

बालकोट उपशाखमा अहिले ५४९ जना सदस्य रहेका छन् । विभिन्न संस्थाहरुसँगको सहकार्यमा रक्तदान र आकस्मिक रक्तदान कार्यक्रम गर्दै आएको यस उपशाखाले गत आर्थिक वर्षमा पनि ६ पटक रक्तदान गरी ३४३ प्रिन्ट रगत संकलन गरेको थियो । उपशाखाले फ्रेस ब्लड आवश्यक भएका विरामीहरुका लागि पनि दाताहरु खोजीगरि यथासक्य छिटो रगत उपलब्ध गराउँदै आएको छ । श्री डम्बर बहादुर स्मृति प्रतिष्ठानद्धारा उपशाखालाई प्रदान गरिएको एम्बुलेन्स विरगञ्ज भन्सारबाट छुटिसकेको हुँदा केहि दिनमा नै उपशाखाले एम्बुलेन्स सेवा पनि सञ्चालन गर्ने जनाएको छ ।

Redcross Balkot 1

बालकोट उपशाखाले ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै विभिन्न मानवीय सेवा, प्राकृतिक प्रकोप, स्वास्थ्य तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । २०७२ सालको महाभूकम्पमा होस् वा २०७५ सालको हनुमन्तेमा आएको बाढी नै किन नहोस्, उपशाखाको सक्रिय सहभागिता रहँदै आएको छ ।

Redcross Bhaktapur

कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी प्रदेश ३ का संयोजक कृष्ण गोपाल लगेजु र सदस्य कृष्णेश्वरी हाडालाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रमा बोल्दै बालकोट उपशाखाका सल्लाहकार एवम् संस्थापक सभापति उद्धव सिलवालले संस्थाले स्थापनादेखि हालसम्म सम्पन्न भएका कामका बारेमा जानकारी गराउँदै संस्था स्थापनाको उद्देश्य नै उपचार नपाएर छटपटाई रहेका विरामीहरुलाई चाँडो भन्दा चाँडो अस्पताल पु¥याउने रहेको भन्दै एम्बुलेन्स सञ्चालनका लागि अक्षयकोषको व्यवस्थाका लागि सहयोगका लागि आब्हान गरेका थिए ।

Redcross Bhaktapur 2

उपशाखाले परिकल्पान गरेका कुराहरु पुरा हुँदै गएको बताउँदै उनले अब रक्त सञ्चार सेवाको पनि परिकल्पना गरिएको बताए । उनले भक्तपुरबासीको हातमा हात मिलाएर सामाजिक सेवामा बालकोट उपशाखा सक्रियताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरे । वि.सं. २०५७ साउन १२ गते तदर्थ समिति गठन गरी स्थापना भएको यस उपशाखाले विभिन्न आरोह अवरोह पार गर्दै समाजप्रति उत्तरदायि भई अहिले आफ्नै भवनबाट रेडक्रसका गतिविधिहरुलाई अगाडि बढाईरहेको छ ।

कार्यक्रममा उपशाखाले चालु आर्थिक वर्षमा आफ्नो कार्यक्षेत्र भित्र रहेका जुनियर रेडक्रस सर्कल गठन गर्न बाँकी रहेका विद्यालयहरुमा जुनियर रेडक्रस सर्कल गठनको पहल गर्ने, एक घर एक रेडक्रस सदस्य बनाउने अभियानलाई पनि निरन्तरता दिने र हनुमन्ते र अरनिको राजमार्ग सफाई अभियानमा पनि उपशाखाले भरपुर सहयोग गर्ने उपशाखाका सभापति चन्द्रकृष्ण श्रेष्ठले बताए । उनले सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै निकट भविश्यमा नै ब्लड बैंक सेवा सुचारु गर्ने जानकारी गराए । 

कार्यक्रममा विशिष्ट अतिथि रहेका नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका मन्त्री परशुराम पाण्डेले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला सदस्य एवम् सहजकर्ता जनकप्रसाद न्यौपाने, बालकोट उपशाखाका सल्लाहकार एवम् संस्थापक सभापति उद्धव सिलवाल, सल्लाहकारहरु राजन खड्का, पुरन बाँनिया क्षेत्री, राजु खड्का हरिहर भण्डारी, महेन्द्र शान्ति माविका प्रधानाध्यापक गोपाल विक्र थापा, बाल विनायक प्रविका प्रधानाध्यापक बाबुकाजी श्रेष्ठ, बालकोट खानेपाली तथा ढल व्यवस्थापन समितिका अध्यक्ष धर्मराज भुषाल, बालकोट प्रहरी प्रभाग प्रमुख सुरेश केसी, सूर्यविनायक नगर योग समितिका संयोजक रत्नलाल श्रेष्ठ, बालकोट योग साधना केन्द्रका संयोजक सावित्री खड्कालगायत स्थानीयबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

Comments

Top