भक्तपुरमा संचालन गरिएको सफाई अभियान देशकै अनुकरणीय अभियान : सांसद बस्नेत

Bhaktapur

भक्तपुर ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा संचालन गरिएको सफाई अभियान देशकै अनुकरणीय अभियान भएको बताएका छन् ।

सोमवार जिल्ला समन्यव समितिको कार्यालयमा भएको हनुमन्ते र अरनिको राजमार्ग सरसफाई सम्बन्धी जिल्ला समन्वय समितिमा बसेको समीक्षा र भावी रणनीति सम्बन्धी छलफल कार्यक्रममा बोल्दै सांसद बस्नेतले जुन उद्देश्यले सफाई अभियान संचालन गरिएको हो त्यो प्राप्त गर्न सरोकारवाला पक्ष बिच सहकार्यको आबश्यकता रहेका औल्याउदै कुनै पनि काममा आशावादी हुँदै नतिजामूखि काम गर्नुपर्ने बताए ।
सांसद बस्नेतले भक्तपुर सफा र सुन्दर हुँदै गएको र अझ बढी व्यवस्थित तथा प्रभावकारी बनाउन भक्तपुरमा रहेका मुख्य मुख्य सडक तथा चोक बजारमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिदै आगामी दिनमा सफाई अभियान पेप्सीकोला सल्लाघारी, कमलविनायक लगायतका ठाउँहरु समेत व्यापक रुपमा संचालन गर्नुपर्ने बताए । सांसद बस्नेतले जनताको साथ र सहयोग नै सफाई अभियान भक्तपुरमा संचालन गरिएको सफाई अभियान परिणाममुखि बन्दै गएको बताएका छन् । 

उनले अनुगमनलाई अझै बढी कडाइका साथ गर्नुपर्ने भन्दै अनुगमन तथा सफाईलाई अझ वढी व्यवस्थित गर्न आगामी दिनमा सफाई अभियानको नेतृत्व उपमेयरहरुले लिदै सम्बन्धीत वडाध्यक्षहरु अझ बढी सक्रिय हुनुपर्ने बताए ।

अरनिको राजमार्गको सफाई अभियान समापन साथै हनुमन्ते नदीको ५० औं हप्ताको अवसरमा सल्लाघारी चोकमा बिशेष समारोहका बिच नेपालको राष्ट्रीय झण्डा प्रतिष्ठापन गर्ने बताएको छ  ।

Comments

Top