यि हुन भारतीय बेश्यालयमा नेपाली चेलीलाई ६ लाखमा बिक्री गर्ने गिरोहका नाइके

beshya

 काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले रोजगारीमा लगाउने बहानामा नयाँ दिल्लीस्थित बेश्यालयमा बालबालिका पुर्याइ बिक्री गर्ने गिरोहका नाइके छोङ हाङ राई भन्ने सन्तोष राईलाई पक्राउ गरेको छ ।

 धरान घर भएका राईमाथि इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान जारी राखेको छ । राईले बिभिन्न बहानामा नेपालको बोर्डर पास गरि भारतीय बेश्यालयमा पुर्याई नेपाली ६ लाख रुपैंया सम्म बेच्ने गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सिआईबीले जनाएको छ ।

 सिआईबीमा आएको सूचनाका आधारमा राईलाई ३० पुसमा घनकुटे रोडबाट पक्राउ गरिएको थियो । नयाँ दिल्लीको जिबि रोडमा रहेको वेश्यालयमा बालिकालाई बेची जबरजस्ती बेश्यावृत्तिमा लगाउने काममा सन्तोष सक्रिय रहेको अनुसन्धानले पुष्टि गरिसकेको छ । धरानबाट बिराटनगर र सुनसरीका अन्य क्षेत्रसँग जोडिएका भारतीय सीमाबाट छिराई उसले बालिकालाई नयाँ दिल्लीसम्म पुराउने गरेको खुलेको छ ।

Comments

Top