सिंहको हत्या गरेर फरार भएका गिरीमाथि डिएसपी सिंहकाे टाेलीद्धारा गोली प्रहार गरी पक्राउ

ramesh giri

    काठमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुरले एक फरार अभियुक्तमाथि गोली प्रहार गरी पक्राउ गरेको छ । गत शुक्रबार कोलपुरमा असईमा भर्ना हुन आएका दिपक सिंहको हत्या गरेर फरार रहेका २१ वर्षिय युवराज गिरीमाथि इलाका प्रहरी कार्यालय कोहलपुरकाका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) रमेशबहादुर सिंहको टोलीले गोली प्रहार गरी पक्राउ गरेको हो । बाँकेको राप्ती सोनारी गाउँपालिका स्थायी घर भएका गिरीलाइ गाेली प्रहार गरी नियन्त्रणमा लिइएकाे डिएसपी सि‌हले बताए ।

प्रहरीलाई देखेर भाग्न खोजेका गिरीमाथि मैनापोखर–बाँसगढी सडकखण्डको मधुबनमा गोली प्रहार गरी पक्राउ गरिएको डिएसपी सिंहले बताए । गिरीको बाँया गोडाको कुरकुच्चामा गोली लागेकाले उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको पनि डिएसपी सिंहले बताए । दिपक सिंहको हत्याका मुख्य योजनाकार भरत शाहीलाई भने कोलहलपुर प्रहरीले मंगलबार नै पक्राउ गरेर हिरासतमा राखेको छ । मुख्य योजनकार शाहीले दीपक सिंहलाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै उनीसँग डेढ लाख पैसा लिएको र जागिर लगाउन नसकेपछि पैसा माग्ने क्रममा विवाद भएको थियो ।सोही विवादपछि भरतले युवराज गिरीको सहयोगमा सिंहलाई घाँटी रेटेर विभत्स तरिकाले हत्या गरेका थिए ।

Comments

Top