एका बिहानै बस दुर्घटना, तीनजनाको मृत्यु

accident-new-photo-ज्ञज्ञ-1   पर्वत। पर्वतको मालढुंगामा बस दुर्घटना भएको छ । आज बिहान दुर्घटनामा परी अहिलेसम्म तीनजनाको मृत्यु भएको छ ।
बिहान म्यादीको बेनीबाट छुटेको ग १ ख ६१०८ बस दुर्घटना भएको पर्वत ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेहरूको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा ३८ जना घाईते भएका छन्  । घाईतेलाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाईते मध्ये अधिकांशको अवस्था गम्भिर रहेको जनाइएको छ । 

 

Comments

Top