पर्वत दुर्घटनामा मृतकको संख्या सात पुग्यो, पाँचको सनाखत

bus acc

    काठमार्डौं । पर्वत दुर्टनामा मृत्यू हुनेको संख्या ७ पुगेको छ । प्रहरीका अनुसार ३ जनाको घट्नास्थलमा र ४ जनाको बागलुङ अस्पतालमामा मृत्यु भएको हो । मृतक सात जनामध्ये पाँच जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय, बागलुङले ७ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

पर्वतको मालढुंगामामा भएको बस दुर्घटनामा परि पर्वतको जलजला गाउँपालिका–८ का एकै परिवारका सेते परियार र टीका परियार, म्याग्दीको पाखापानीका राजेश पुन र विषमाया पुन, बाग्लुङ नगरपालिका–४ खुँडुलेका शान्ति केसी रहेका छन्। मृतक बाँकी दुई जनाको खनाखत हुन सकेको छैन।

घाइते भएका चार जनालाई भने काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलीकोप्टरबाट २ जना र एयर डाईनास्टीकबाट २ जनालाई काठमाडौं ल्याइएको हो । घटनास्थलमा मृत्यू भएकाको शव पोष्टमार्टमको लागि पर्वत जिल्ला अस्पतालमा राखिएको पनि प्रहरीले जनाएको छ । बाँकी ३० जना घाइतेमध्ये २० जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने मणिपाल अस्पताल पोखरामा १० जनाको उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ ।दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन ।

Comments

Top