दर्शनाको समाचार लेख्ने क्यापिटल हेडलाईनका सम्पादक पक्राउ

suman adhikari

   काठमाडौं । महानगरीय अपराध महाशाखाले एक अनलाईनका सम्पादकलाई पक्राउ गरेको छ । विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना(न्यौपाने) को चरित्र हत्या गर्ने किसिमले अश्लिल समाचार सम्प्रेषण गरेको अभियोगमा महाशाखाले क्यापिटल हेडलाईन डटकमका सम्पादकलाई पक्राउ गरेको हो ।

मिसु मिडिया प्रालिद्धारा सञ्चालित उक्त अनलाइनले पुस २८ गते दर्शनाको चरित्र हत्या हुने गरी समाचार प्रकाशित गरेको थियो । गण्डकी गाउपालिका–३, गोरखा स्थायी घर भई हाल नयाँबजार काठमाडौं बस्ने क्यापिटल हेडलाईन डटकमका सम्पादक सुमन अधिकारीलाई आज पक्राउ गरी विद्युतिय अपराध तथा कसुर अन्तर्गत अनुसन्धान सुरु गरिएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

Comments

Top