सरकारका कामकारबाहीमा सोध्‍न प्रधानमन्त्रीको एक घण्टा

 काठमाडौं। सरकारका कामकारवाहीबारे प्रतिनिधिसभाका सांसदले शुक्रबारको संसद बैठकमा प्र‍न सोध्न पाउने  भएका छन् । दिउँसो १२ बजे बस्ने बैठकमा सांसदहरूले प्र‍न सोध्‍नेछन् भने प्रधानमन्त्री केपीशर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।kpolinn

प्रतिनिधिसभा नियमावली परिच्छेद ९ नियम ५६ अनुसार पहिलोपटक संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको हो । प्रश्नोत्तर कार्यक्रम एक घण्टा चल्ने संसद सचिवालयले जनाएको छ ।

प्रश्न सोध्न चाहने सांसदले एक घण्टा अघि नै आफ्नो प्रश्नबारे सभामुखलाई जानकारी गराउनुपर्ने नियमावलीमा व्यवस्था छ । नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेछ । एउटा बैठक            मा बढीमा १० सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था नियमावलीमा गरिएको छ । 

Comments

Top