आइएफबिबि बडिबिल्डिङ च्याम्पियनसिपको क्यालेन्डर सार्वजनिक

  kkkkk_1      काठमाडौं । आगामी फागुन महिनामा हुने ‘आइएफबिबि प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)’ को क्यालेन्डर सार्वजनिक भएको छ । नेपालमा आयोजना भएपनि क्यालेण्डर भने अमेरिकामा सार्वजनिक गरिएको हो।
प्रो क्वालिफायर फेब्रुअरी १५–१६ (फागुन ३-४ गते) कमलादिस्थित प्रज्ञा भवन हुनेछ । सार्वजिक क्यालेन्डरअनुसार वर्ष २०१९ मा आइएफबिबि प्रोफेसनल लिगको पहिलो प्रो क्वालिफार नै नेपालमा हुन लागेको हो । त्यसअघि भारतको ४ वटा शहरमा यो प्रतियोगिता आयोजना हुन लागे पनि ती प्रतियोगिताहरू भने रिजनल मात्र भएको नेपालमा प्रो क्वालिफायर बयोजना गर्न लागेको आइएफबीबी लिग नेपालले जनाएको छ ।
आइएपबीबी लिग नेपालका अध्यक्ष तथा पूर्व बलिबिल्डर सानु गुरुङले नेपाली बडबिल्डिङको लागि यो खुसीको खबर रहेको बताए। सानु आफै पनि तीन पटकको मिस्टर नेपाल र दुई पटकको धर्मश्री विजेता हुन्। यस्तै उनले २०१८ मा लण्डनमा भएको प्रो क्वालिफायरमा जजको भूमिका समेत निर्वाह गरिसकेका छन् ।
नेपालमा हुने प्रो क्वालिफायरको फ्लायर पनि आइएफबिबि प्रोफेसन लिगले आफ्नो ‘वेभसाइट’ मा राखेको छ। जसमा विश्वको सर्वोच्च शिखर सगरमाथाको पृष्ठभूमि छ र त्यसमा विश्व बडिबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएको बडिबिल्डर मानिने रोली विङ्करलरले पोज दिएको फोटो समावेश छ ।   

Comments

Top