म्यानपावरका कामदारसँग झगडा एक नेपालीको मृत्यु

 malesiya_httKWbBAJv काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरको एउटा कम्पनीमा शनिबार राती एक नेपालीको मृत्यु भएको छ । काममा गएका नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा एक नेपालीको ज्यान गएको छ । अर्का एक भने घाइते रहेका छन् । 

मृत्यु हुनेमा ललितपुरका इन्द्र तामाङको ज्यान गएको हो । नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि छुट्याउन खोज्दा म्यानमारका नागरिकको छुरा प्रहारबाट तामाङको ज्यान गएको हो ।
छुरा लागेर झापाका लालबहादुर लिम्बु घाइते हुनुभएको छ । उनलाई राती नै अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने म्यानमार नागरिक भने फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित