काभ्रेमा विमानस्थल नबनाउने निर्णय गराए माधव नेपालले

madhav nepal

  काठमाडौं । संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले काभ्रेको नागीडाँडामा विमानस्थल आवश्यक नभएको निष्कर्ष निकालेको छ। नेकपाका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको उपसमितिले नागीडाँडामा विमानस्थल आवश्यक नभएको निष्कर्ष निकालेको हो ।

उपसमितिले केही मान्छेका फाइदाका लागि राज्यको ठूलो स्रोत खेर फाल्न नहुने भन्दै विमानस्थलको सम्भाव्यता अध्ययन नै नगर्न सरकारलाई सिफारिस गरेको हो। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्रिभुवन विमानस्थलआन्तरिक उडानको हब बन्ने भएकाले नजिकै अर्को विमानस्थल आवश्यक नरहेको उपसमितिको ठहर छ।

उपसमिमितिले तयार गरेको प्रतिवेदन बुझाएँदै नेता नेपालले भने–‘अनावश्यक पैसा खर्च गर्ने काम गर्न हुन्न । प्रत्येक मन्त्री र नेतालाई आफ्नो क्षेत्रमा विमानस्थल बनाउने हतारो छ। विमानस्थल चलोस्न÷चलोस्, आर्थिक रूपले सम्भाव्य होस् कि नहोस् मतलब छैन। दुई वर्ष चलायो, फेरि छाड्यो।’

उनले काभ्रेको नागीडाँडामा आन्तरिक विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न पैसा छुट्याएकोमा समेत असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने–‘विमानस्थलको सम्भाव्यता अध्ययन गर्न ५० करोड पठाउने, परामर्शदाता नियुक्त गर्ने, अनि उनीहरूसँग लेनदेन गर्ने प्रवृत्ति रहेकाले यस्तो काम नहोस् ।’

काठमाडौं विमानस्थलको चापलाई कम गर्न भन्दै नागीडाँडामा सम्भाव्यता अध्ययन र जग्गा अधिग्रहणका लागि २५ करोड रूपैयाँ छुट्यार्इसकेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएलगत्तै रवीन्द्र अधिकारीले अघि बढाएको उक्त आयोजनाको यसअघि पनि सार्वजनिक आलोचना भएको थियो।

Comments

Top