पोखरामा समुह नै बनाएर चोरी गिरोह प्रहरी फन्दामा

chorin

 कास्की। पोखराका बिभिन्न ठाउँमा समुह नै बनाएर चोरी गर्ने ३ जनालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरूमा पोखरा घलेचोक बस्ने चितवनका वर्षीय सुनिल श्रेष्ठ, पोखरा हेम्जा बस्ने वाग्लुङका खुमप्रसाद थापा र पृथ्वीचोक बस्ने २३ वर्षीय गगन खवास रहेका छन् । प्रहरीका अनुसार चितवनका श्रेष्ठले समुहनै बनाइ चोरी र लुलपाट गर्दै आएका थिए ।

  वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नेपाली रूपैयाँ २० हजार ६ सय १०, भारतिय रूपैयाँ , कतारी दिनार १ सय ५०, सुनौलो रङको १७ टुक्रा करिब ६९ लाल, सुनौलो कानमा लाउने टप र मुद्रा २र२ थान, सेतो रङको बिभिन्न गरगहानाहरू, बिभिन्न कम्पनीका मोबायलहरू, घडी २ थान र घरफोडने औजारहरू समेत बरामद गरेको छ ।

Comments

Top