विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड प्रस्थान

olipm

 काठमाडौं । विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज बेलुका स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन् । 

 माघ ८ देखी ११ गते सम्म हुने उक्त वार्षिक बैठकका दुई शत्रलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले बिदाइ रेगरेका छन् ।

 भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी सहभागी छन् ।प्रधानमन्त्रीको टोली माघ १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Comments

Top