फिस्लिङबाट त्रिशूलीमा ट्रक खस्यो , चालक बेपत्ता

trakn

 चितनवन । चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ ।

 गए राति ११ः२५ बजे ना ३ ख १८३ नंको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए । बेपत्ता चालकको खोजीकार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।

Comments

Top