आजदेखि श्रीस्वस्थानी व्रत कथा, के-के गरिन्छ एक महिने कथामा

swosthani   काठमाडौं । आज अर्थात पौष शुक्ल पूर्णिमा स्वस्थानी व्रत कथा शुरु भएको छ । पञ्चांगहरूमा बिहान ११:३० बजेसम्म शुरू हुने उल्लेख गरिएको छ । एक महिनासम्म मध्याह्नमा महादेव र श्रीस्वस्थानी परमेश्वरीको पूजा आराधना र माहत्म्य वाचन वा श्रवण गर्ने धार्मिक मान्यता छ ।

व्रतको अन्तिम दिन (माघ शुक्ल पूर्णिमा) मा सम्पूर्ण पूजासामग्रीसहित अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी एवं मौसमअनुसारका फलफूलहरु एक सय आठको संख्यामा चढाई शिवलिङ्ग र ओमकारयुक्त अष्टदलमा श्रीस्वस्थानीको विशेष पूजा गरिन्छ ।
श्रीस्वस्थानीलाई चढाइएका १०८ मध्ये आठ आठ वस्तु पति पत्नी वा छोराछोरीलाई दिइन्छ। प्रसाद दिने व्यक्ति नभए नदीमा बगाउने चलन छ । चढाइएका पदार्थमध्ये एक सय रोटी आदि वस्तुहरु व्रतालु आफैँले खान्छन् ।

Comments

Top