भक्तपुरका सबै कार्यालयलाई भ्रष्टाचारमुक्त बनाउन सबैको साथ चाहिन्छ : सांसद बस्नेत

mahesh basnet

   काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले भक्तपुर जिल्लामा रहेको सबै सरकारी कार्यालयललाई भ्रष्टाचारमुक्त बनाउने अभियान शुरु गर्ने बताएका छन् । भक्तपुरका कुनै पनि कार्यालयमा सेवाग्राहीको गुनासो नरहने गरी सबै कार्यालयलाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा सबैको साथ र सहयोगको खाँचो रहेको पनि उनको भनाई थियो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आइतबार आयोजना गरेको ‘विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीचको सहकार्य’ विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद बस्नेतले समृद्ध भक्तपुर निर्माण गर्ने उद्देश्य पूरा गर्न भक्तपुरमा जनप्रतिनिधि, स्थानीय सरकार, नागरिक समाज र सञ्चारजगतको समन्वय सहकार्य आवश्यक रहेको बताए ।

Comments

Top