योगेश भट्टराईले भने - गिरिजाबाबु र सुशिलका नामका अस्पताल चल्छन , केसी पछि हट्नुको विकल्प छैन्

yogesh bhattarai

 काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले कांग्रेसले संसद अवरोध गरे वान गरेपनि गिरिजाप्रसाद र सुशिल कोइरालाका नामका अस्पतालहरु चल्ने बताएका छन् । तर,त्यहाँभित्र विकृति र विसंगतिहरु छन् भने सरकारले छानबिन गर्ने र सम्पती हडप्न नदिने नेता भट्टराईले वताए ।

 बुधबार राजधानीमा आयोजित साक्षात्कारमा भट्टराईले सुशिल कोइराला र गिरिजाबाबुको नाममा के–के हडप्न खोजिएको छ, त्यो हडप्न आफुहरुले नदिने प्रस्ट पारे । आफूहरु नेपाली कांग्रेसजस्तो नभएको उल्लेख गर्दै भट्टराईले सम्मानित नेताहरुको संस्थाप्रति कुनै वैरभाव नरहेको स्पष्ट पारे । उनले भने,‘हामी कांग्रेसजस्तो होईनौं ।

 मनमोहनको नाममा एउटा अस्पताल र कलेज चलाउँछौं भन्दा हामीलाई डण्डा लगाएर लखेट्नुभयो । हामी त्यस्तो होईन । गिरिजाबाबु हाम्रो नेता हो । नेता भट्टराईले ११ गते बस्ने बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत हुने दाबी गरे । उनले भने, ‘मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भने पनि मन्त्री बसेकै ठाउँबाट पास हुन्छ ।

 त्यसको नजिरचाहिँ कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाइसक्नुभएको छ ।’‘नेपाली कांग्रेसका साथीहरुलाई म रामचन्द्र पौडेल सभामुख भएको बेलाको कुरा सम्झिन आग्रह गर्छु । उहाँले स्थानीय तहसम्बन्धी विधेयक पास गर्दा तत्कालिन् नेकपा एमालेले संसद अवरोध गर्यो । मन्त्रीले रोष्ट्रममा गएर त्यो विधेयक प्रस्तुत गर्न सक्नुभएन’, साक्षात्कारमा बोल्दै उनले भने, ‘तर, सभामुख पौडेलले तपाई जुन ठाउँमा बस्नुभएको छ, त्यही ठाउँबाट विधेयक प्रस्तुत गर्नुस भनेर मन्त्रीलाई भन्नुभयो । सामान्यतयः मन्त्रीले रोष्ट्रममा गएर विधेयक प्रस्तुत गर्ने चलन हुन्छ ।’संसदको आफ्नै अधिकार हुने सुनाउँदै उनले चिकित्सा शिक्षा विधेयक पास गर्ने कुरामा नरोक्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरे ।  विधेयक पारित भएपछि बरु कम्युनिष्ट पार्टीले ज्यादती गर्यो र संसदबाट अधिनायकवाद ल्याउन खोज्यो भनेर विधेयक लिएर पढाउन जान पनि कांग्रेसलाई उनले सुझाव दिए ।

 भट्टराईले आजको दिनमा अनशनरत डाक्टर गोविन्द केसी गलत भएको प्रतिक्रिया दिए । उनले भने,‘डाक्टर केसी गलत हुनुहुन्छ । अब उहाँ पछि हट्नुको विकल्प छैन् । किनभने उहाँले उठाउनुभएको सबै माग विद्येयकमा समावेश भैसकेका छन् । उहाँले उठाउँदै आएका मुद्दापनि यसमा आएका छन् । अब उहाँले यसको नाममा द्वन्द्वकालका मुद्दाहरु, अब प्रचण्डलाई नै जेल हाल्छु, अर्कोलाई जेल हाल्छु । पख तिमीहरुलाई भन्नुभएको छ । त्यो हो भने बेग्लै कुरा हो ।’

Comments

Top