माओवादी केन्द्र अब नामधारीको कम्युनिष्ट मात्रै : मोहन वैद्य

चितवन। नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताउनुभएको छ ।आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराएकाले पार्टी एकता सम्भव नरहेको बताउनुभयो ।प्रचण्डले नयाँ जनवादी क्रान्तिको बाटो छोडेर लोकतान्त्रिक पद्धति, १२ बुँदे सहमति, जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजनको समयसम्म आइपुग्दा उहाँले बाटो बिराएको वैद्यको भनाइ थियो । बहुलवादलाई स्वीकार गरेर जाने कम्युनिष्ट नभएको भन्दै उहाँले माओवादी केन्द्रले कम्युनिष्ट सिद्धान्त छाडिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादी केन्द्र अब नामधारीको कम्युनिष्ट मात्रै हो ।” प्रचण्ड पश्चगामी दिशामा गइसकेको भन्दै उहाँले भन्नुभयो, “काँग्रेससँग बाटो सोझाउँदैछ माओवादी केन्द्र ।” कम्युनिष्ट एक भएर जानुपर्ने भन्दै उहाँले अहिलेको संविधान नमान्ने र सरकारमा नजाने बीचमा एकता हुनसक्ने उहाँले बताउनुभयो ।  

Comments

Top