मदन भण्डारी गाेल्डकप आजदेखि, १० हजारदेखि १६ लाखसम्म पुरस्कार

04012016093104ball-1000x0_rwdjxcphhu_kFkENgUKUk     इटहरी : दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

माघ १९ गतेसम्म चल्ने गोल्डकपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने तयारी भए पनि अन्तिममा रद्द भएको प्रतियोगिता संयोजक एवं अखिल नेपाल फुटबल संघ सुनसरीका कोषाध्यक्ष कोवितजंग कार्कीले बताए । 

पहिलो दिनको खेलमा सहभागी क्यामरुनको फुटबल टिम इटहरी पुगेकाे छ। मेची नेत्रालय र क्यामरुनबीचको खेलमा विजेता टोली सेमिफाइनल प्रवेश गर्नेछ ।

प्रतियोगिताको विजेताल १६ लाख र उपविजेताले आठ लाख रुपैयाँ पुरस्कार पाउने छ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजारसहित ४२ इञ्चको एलइडी टिभी, सर्वाधिक गोलकर्ताले ३० हजार, उत्कृष्ट हुने खेलाडीले २० हजार र प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। गत वर्ष मनाङलाई पराजित गर्दै थ्रीस्टारले उपाधि उचालेको थियो।

Comments

Top