नेपाल, युएई क्रिकेट: जित्नै पर्ने दबाबमा नेपाल

  1548418086NEPvsUAE   काठमाडौं । नेपालकाे राष्ट्रिय क्रिकेट टाेलीले शनिबार दोस्रो एक दिवसीय खेल खेल्दैछ। पहिलो खेल तीन विकेटको गुमाएको नेपाललाई शृंखला जित्न शनिबारकाे खेल जित्नैपर्ने दबाब छ।

तीन खेलको सिरिजमा घरेलु टोली १–० ले अगाडि छ। दुबईस्थित आईसीसी एकेडेमी मैदानमा सम्पन्न पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले ११३ रन मात्रै बनाउन सकेपछि ११४ रनको लक्ष्य घरेलु टिमले ७ विकेट गुमाएर पुरा गरेको थियो।

नेपाली समय अनुसार आज सवा एघार बजे नेपाल र युएई आईसीसी ग्लोबल एकेडेमीको मैदानमा प्रतिष्पर्धा गर्नेछन्।

Comments

Top