युएईमाथि नेपालको सानदार जित

sandip

 काठमाडौं । नेपाल र युएईबीच दोस्रो खेलमा नेपालले सानदार जित हात पारेको छ । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा भएको खेलमा यूएईलाई नेपालले १४५ रनले पराजित गरेको हो । नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको यूएई १९.३ ओभरमा ९७ रनमा अलआउट भयो ।

 उसका लागि कुनै पनि खेलाडि दोहोरो रन लिन सकेन् । उसका लागि महमद उस्मानले सर्वाधिक २६ रन बनाएका थिए । भने ओपनर असफाक अहमदले २० रन बनाएका थिए । नेपालका लागि बलरहरुले उत्कृष्ट बलिङ गरेका थिए । नेपालका सोमपाल कामी एक्लैले पाँच विकेट लिए ।

 उनले सुरूवाती ६ ओभरभित्रै चार विकेट लिए । हरेक ओभरमा विकेट लिएका सोमपालले ५ ओभरमा एक मेडनसहित १३ रन खर्चिएर ४ विकेट हात थिए । उनले व्यक्तिगत पाँचौ विकेट भने १९.३ ओभरमा दशौँ विकेट लिदै नेपाललाई सानदान जित दिलाए । यस्तै नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए ।

 उनले एकै ओभरमा तीन विकेट लिए । लामिछानेले सिपि सिजवानलाई १६ रन र फहाड नवाजलाई शुन्यमा आउट गरे । लामिछानेले यस ओभरकै छैटौ बलमा पनि आमिर आयातलाई शुन्यमा क्याच आउट गराए । उनले यस ओभरमा मेडनसहित ३ विकेट लिए । भने १८.५ ओभरमा अर्का विकेट लिए । यूएईका महमद उस्मानको विकेट आरिफ शेखलाई क्याच आउट गराए ।

 यसैगरी नेपालका करण केसी पनि १ विकेट लिए । उनले १७.४ ओभरमा महमद असफाकलाई आउट गरे । एकदिवसिय श्रंखला अन्तर्गत पहिलो खेलमा ११३ रनमै अल आउट भएको नेपालले आज नेपालले सुधारियो ब्याटिङ गरेको छ । नेपालको सुरुवात राम्रो रहृयो ।

 ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । ओपनर ज्ञानेन्द्र मल्लले ४४, अर्को ओपनर विनोद भण्डारी २१ रन बनाए । तर, त्यसपछि नेपालले लगातार विकेट गुमायो । दिपेन्द्र सिंह ऐरी १०, पवन सरार्फ ८ रन, कप्तान पारस खड्का २१ रनमा आउट भए ।
कप्तान खड्का पाँचौं विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर मात्र ११० रन थियो । तर, आरिफ शेख र रोहितकुमार पौडेलले पारी सम्हाले । दुबैले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरे । शेख २९ रनमा आउट भए भने रोहितले अर्धशतक पुरा गरे । रोहितले ५८ बलमा ५५ रन बनाए । उनले ७ चौका हाने ।

 

Comments

Top