प्रधानमन्त्री ओलीद्धारा रोहितलाई बधाई

rohit

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व कीर्तिमान कायम गरेका रोहितकुमार पौडेललाई बधाई दिएका छन् । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गरेर कीर्तिमान कायम गरेका रोहितलाई प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै बधाई दिएका हुन् । शनिबार भएको नेपाल र युएईबीच जारी एकदिवसीय प्रतियोगितामा पौडेलले ५८ बलमा ५५ रन बनाउँदै कीर्तिमान रचेका थिए। १६ वर्ष १४६ दिनको उमेरमा रोहितले ५५ रन बनाएर विश्व कीर्तिमान बनाएका हुन्।

प्रधानमन्त्री ओलीले रोहितको रेकर्डले राष्ट्रलाई हर्षित बनाएको बताएका छन्। प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन्–‘अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक बधाई † अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको यस सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ।’

यसअघि टेस्टतर्फ भारतका सचिन तेन्दुलकरको नाममा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड थियो। सचिनले पाकिस्तानविरुद्धको टेष्टमा १६ वर्ष २१३ दिनमा अर्धशतक बनाएका थिए। रोहितले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गरेका थिए। यसअघि पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको नाममा रेकर्ड कायम थियो। अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा श्रीलंकाविरुद्ध ३७ बलमा शतक बनाएका थिए।

Comments

Top