चलचित्रको असफलता भनेको अर्को सिकाईको सफलता हो ; आमिर खान

 

 

 

  67329367काठमाडौं । बलिउडका सुपर स्टार, यानेकी चलचित्र ‘सेक्रेट सुपरस्टार’ र ‘दंगल’मा निकै सफलता हात पारेका नायक आमिर खान आफ्नो नयाँ प्रोजेक्टप्रति पनि आशावादी नै थिए । तर, उनले सोचेजस्तो भएन । उनका फ्यान मात्र होइन ‘ठग्स अफ हिन्दुस्तान’को असफलताले उनलाई चिन्तित तुल्यायो । समिक्षात्मक रुपमा पनि कमजोर बनेको चलचित्रले बक्स अफिसमा पनि कमाल गर्न सकेन ।

यो चलचित्रको असफलतामा आफू पूर्ण जिम्मेवार भएको उनले बोलेका थिए । फेरि उनले चलचित्रको असफलताको विषयमा बोलेका छन् । आमिरले चलचित्रको असफलता भनेको अर्को सिकाईको सफलता भएको बताएका छन् । उनले भने–‘यो चलचित्रको असफलताले मलाई अर्को पाठ सिकाएको छ ।’

त्यस्तै, आमिरले आफू पूर्ण रुपमा निर्देशकमा विश्वास गर्ने भएकाले निर्देशकको असफलता नै आफ्नो असफलता भएको बताए । ‘मैले कुनै पनि चलचित्रमा काम गरिरहेको छु भने त्यस चलचित्रको क्याप्टेनलाई पूर्ण विश्वास गरेको हुन्छु । त्यसैले कुनै पनि चलचित्रको असफलतामा मेरो पनि जिम्मेवारी हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित