संघीय लोकतन्त्रको स्थापनापछि अधिकारको समानता : प्रधानमन्त्री ओली

pmsahid

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारका लागि फेरी आन्दोलन गरेर कसैले अब शहीद हुनु नपर्ने वताएका छन् ।

 शहीद सप्ताहको अन्तिम दिन बुधबार काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘हिजो राज्यले जनता र सेना प्रहरीलाई आपसमा भिडाएर मारामारको स्थिती सृजना गथ्र्यो । अब त्यस्तो अवस्था छैन । हामीले अधिकारका लागि लडिने लडाईं पुरा गरेका छौं । अधिकारका लागि फेरी आन्दोलन गरेर कसैले अब शहीद हुनु पर्दैन ।’

 प्रधानमन्त्री ओलीले देशमा संघीय लोकतन्त्रको स्थापना भएपछि अधिकारको समानता भएको उल्लेख गरे । ‘हामीले अधिकारमा समानता हासिल गरिसकेका छौं’, उनले भने, ‘अब अवस्थामा पनि समानता स्थापित गर्ने चरणमा हामी छौं ।’

सुशासन र आर्थिक विकास मार्फत देशमा समानता कायम गरिने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले प्रकृतिले धनी बनाएको देशलाई मानिसले गरिब बनाउन नसुहाउने टिप्पणी गरे ।

Comments

Top