धुर्मुस सुन्तली फाउन्डेसनद्वारा चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा

kriket

काठमाडौं । चितवनको भरतपु्र महानगरपालिका १५ स्थित रामपुरमा  धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।

 बुधबार राजधानीमा आयोजित विशेष समारोहका बीच धुर्मुस सुन्तली फाउन्डेसनले  सो घोषणा गरेको हो ।

 गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेशनबीच आज सम्झौता भएको छ । काठमाडौंको रगंशालामा भएको घोषणा समारोहमा महानगर र फाउण्डेशनबीच सम्झौता भएको हो । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ ।

 रंगशाला निर्माणको लागत ३ अर्ब लाग्ने र करिब ३० हजार दर्शक क्षमताको हुनेछ ।

 

 

 

Comments

Top